घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन २८ बिहीवार ११:०८
shares

काठमाडौं, २८ साउन । स्थानीय बजारमा बिहिबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ५ सयले घटेको छ।
महासंघका अनुसार सुन बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सयमा कारोबार भएको सुन बिहिबार घटेर प्रतितोला ३ लाख ६ हजार २ सयमा कायम भएको छ ।
त्यसैगरी, बिहिबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार ४ हजार ७ सय ४५ मा कायम भएको चाँदी बढेर बिहिबार ४ हजार ७ सय ५ मा कायम भएको हो ।















