Dhulikhel Eco Banner new

बजार १२३ अंकले बढ्यो, २० अर्ब बढीको कारोबार

6.55K
shares

काठमाडौं, १४ साउन । यो हप्ता नेप्से परिसूचक १२३ अंकभन्दा बढीले बढेको छ । अघिल्लो हप्ता २०१७ दशमलव ४६ विन्दुमा कारोबार रोकिएको शेयर बजार यो हप्ताको अन्तिम दिन शुक्रबारसम्म आईपुग्दा १२३ दशमवल शून्य ६ अंकले बढेर २१४० दशमलव ५२ विन्दुमा पुगेको हो ।

यो हप्ताका ६ कारोबारमध्ये नेप्से एक दिन मात्रै ओरोलो लागेको थियो । अन्य ५ दिन शेयर बजारमा सकारात्मक वृद्धि भएको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार ६१ दशमलव शून्य ५ अंकगले बढेको नेप्से मंगलबार ४४ दशमवल ८० अंकले ओरालो लागेको थियो । त्यस्तै सोमबार ५४ दशमलव ४५ अंकले बढेको शेयर बजार बुधबार २३ दशमलव ८३ अंकले वृद्धि भएको थियो ।
बिहीबार १५ अंकभन्दा बढीले बढेको शेयर बजार अन्तिम दिन शुक्रबार पनि १३ दशमलव शून्य ५ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि २३ दशमवल २४ अंकले बढेको छ । क वर्गका कम्पनीहरुको मापन गर्ने इन्डेक्स पनि हप्ताका ६ कारोबारमध्ये एक दिन बाहेक सबै दिन बढेको थियो । अघिल्लो हप्ता ३८६ दशमलव २४ विन्दुमा रोकिएको सेन्सेटिभ इन्डेक्सर यो साता ४०९ दशमलव ४८ विन्दुमा पुगेको हो ।

यो साता कारोबार रकममा पनि निकै वृद्धि भएको छ । गत साता ९ अर्ब ६६ करोड २६ लाख ८० हजार रूपैयाँ कारोबार भएको शेयर बजारमा यो हप्ता भने २० अर्ब ७८ करोड २० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । गत हप्ता २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता शेयर खरीदबिक्री भएकोमा यो साता ४ करोड ९६ लाख ८१ हजार ७१९ कित्ता शेयर खरीदबिक्री भएका छन् । गत साताको तुलनामा यो साता ११ अर्ब २० करोड ९३ लाख ५७ हजार रूपैयाँ बराबरका २ करोड ६४ लाख १७ हजार ५६४ कित्ता बढी शेयर खरीदबिक्री भएका छन् ।

यो साता लगानीकर्ताहरूको सम्पत्तिको मूल्य अर्थात कुल बजार पुँजीकरण १ खर्ब ७५ अर्ब ७२ करोड ३९ लाखले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख कायम भएको छ ।

यो साताको कारोबारमा लगानीकर्ता उत्साहित हुनुको पछि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा आएका नयाँ व्यवस्था र साउन १२ गते नेपाल धितोपत्र बोर्डले जारी गरेको नीति तथा कार्यक्रमलाईनै लिइएको छ ।

यस वर्षको नयाँ नीतिहरू आगामी दिनमा बजारका लागि सकारात्मक प्रभाव पार्ने खालका भएकाले पनि लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्काको व्यवस्था खारेज गरी नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी दिनु र शेयर धितोकर्जाको अधिकतम सीमा १२ करोडनै कायम राखे पनि एक संस्थाबाट लिन सक्ने व्यवस्था गर्नुलाई लगानीकर्ताहरूले सकारात्मक रुपमा लिएको देखिन्छ ।