Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

5.3K
shares

काठमाडौं, २५ फागुन । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । लगातार तीन दिन सुनको मूल्य घट्दा १८ सयले कमी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

साताको पहिलो दिन आइतवार प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँमा करोबार भएको सुन बिहीवारसम्म १ हजार ८०० रुपैयाँले घटेर १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात बुधवार सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले घटेर १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २२५ रूपैयाँमा कारोबार भएको थियो ।