शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार
वि.सं.२०८० जेठ ३ बुधवार १५:०७
shares

काठमाडौं, ३ जेठ । कारोबार हुने हप्ताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार बुधबार भने करिब २० अंकले बढेको हो ।
अघिल्लो दिन ३ दशमलव २९ अंकले बढेको शेयर बजार आज २३ दशमलव ३९ अंकले बढेको हो । २३ दशमलव ३९ अंकले बढेको नेप्से परिसूचक १८४५ दशमलव ०१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२८ प्रतिशतले बढी हो । नेप्से परिसूचकसँग कारोबार रकममा पनि सुधार भएको छ । बुधबारको कारोबार बन्द हुँदा ८५ करोडभन्दा बढीको कारोबार भएको छ । दिनभर २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर २५ हजार ६३४ पटक खरिद बिक्रीहुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६४ करोड बराबरको कारोबार भएको थियो ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ प्रतिशतभन्दा बढीले सुधार भएको छ । सेन्सेटिभ इन्डेक्स ४ अंकले बढेर ३५२ दशमलव ९४ अंक पुगेको छ ।


















