एक तोला मै २ हजार ४ सयले बढ्यो सुनको भाउ
वि.सं.२०८० जेठ १६ मंगलवार १२:३८
5.15K
shares
shares

काठमाडौं, १६ जेठ । नेपाली बजारमा लगातार रुपमा गिरावट आएको सुन आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला मा २ हजार ४ सयले बृद्धि भएर १ लाख १० हजार ५०० मा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । १५ रुपैयाँले बढेको चाँदी तोलाको १ हजार ३७५ मा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।



















