अमेरिकी डलरको भाउ स्थिर, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० जेठ २८ आइतवार १०:०३
shares

काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा पुगेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १० पैसा र बिक्री दर १६५ रुपैयाँ ८५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


















