आजपनि स्थिर रह्यो अमेरिकी डलरको मूल्य, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० असार १२ मंगलवार ०९:२८
shares

काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअुनसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर छ । आजपनि स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।



















