अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० साउन १५ सोमवार ०९:२९
shares

काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ७२ पैसा छ भने अष्ट्रेलियन एक सयको खरिद दर ८६रूपैयाँ ९७ पैसा रूपैयाँ रहेको छ भने बिक्री दर ८७ रूपैयाँ ८५ पैसा रहेको छ ।



















