प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ फागुन ५ सोमवार ११:१८
3.11K
shares
shares

काठमाडौं, ५ फागुन । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार तोलामा १ लाख ६७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य सोमवार १ हजार २ सयले बढेर तोलामा १ लाख ६८ हजार ७ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आइतवार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर तोलामा १ हजार ९७० रुपैयाँमा कायम भएको छ ।



















