Dhulikhel Eco Banner new

ओरालो लाग्दै सुनको मूल्य

6.28K
shares

काठमाडौं, १ असार । चार दिनदेखि सुनको मूल्य क्रमिक रुपमा ओरालो लागेको छ । मंगलबारको भन्दा ६ सय रुपैयाँले घटेर बुधबार प्रतितोला ९६ हजार ५ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ हजार ८ सय रुपैयाँ घट्दा प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य बुधबार स्थिर छ । अघिल्लो दिनका तुलनामा तोलामा २० रुपैयाँ घट्दा मंगलबार कारोबार मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ। बुधबार सुन प्रतिऔंस १८१३.२२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१.१२ डलर छ। मंगलबार सुन प्रतिऔंस १८२५.७२ डलर र चाँदी २१.१९ डलर थियो ।