रोकिएन नेप्सेको ओरालो लाग्ने क्रम
वि.सं.२०७९ असार ५ आइतवार १५:१७
6.76K
shares
shares

काठमाडौं, ५ असार । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक ३७ दशमलव २७ अंकले घटेको छ ।
आइतबार नेप्से परिसुचक १ दशमलव ८९ प्रतिशतले घटेर १९३४ दशमलव ११ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २९ अंकले घटेको छ । दिनभर भएका २७ हजार ६ कारोबारबाट २२३ कम्पनीका ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ पुगेको छ ।



















