Dhulikhel Eco Banner new

निरन्तर नयाँ रेकर्ड बनाउदै सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.83K
shares

काठमाडौं, १७ भदौ । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य प्रतितोला ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार प्रतितोला २ लाख ५ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार ६ सयले बढेर प्रतितोला २ लाख ५ हजार ९ सय कायम भएको हो ।

त्यस्तै मंगलवार चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ ।सोमवार २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलवार बढेर २ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ ।