हालसम्मकै उच्च मुल्यबाट घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ असोज १ बुधवार १०:५३
2.51K
shares
shares

काठमाडौं, १ असोज । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । सुनको मूल्य १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला २ लाख १७ हजार १ सयमा कारोबार भएको सुनको मुल्य बुधवार १ हजारले घटेर प्रतितोला २ लाख १६ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मुल्य पनी ४५ रुपैयाँले घटेको छ । मंगलवार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधवार घटेर २ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

















