Dhulikhel Eco Banner new

प्रतितोला २ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.12K
shares

काठमाडौं, १० कात्तिक । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । सुनको मूल्य २ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार प्रतितोला २ लाख ४१ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य सोमवार २ हजारले घटेर प्रतितोला २ लाख ३९ हजार ९ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मुल्य पनि ३५ रुपैयाँले घटेको छ । आइतवार ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य सोमवार २ हजार ९८० मा कायम भएको छ ।