Dhulikhel Eco Banner new

रोकिएन शेयर बजारको गिरावट, नेप्सेमा ४५ अंकको पहिरो

4.78K
shares

काठमाडौं, ९ असार । साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक ४५ दशमलव २५ अंकले घटेको छ ।

बिहिबार नेप्से परिसुचक २ दशमलव ३९ प्रतिशतले घटेर १८४८ दशमलव २३ बिन्दुमा आइपुगेको हो ।

नेप्से परिसुचकसँगैँ ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ०६ अंकले घटेको छ । दिनभर भएका ३३ हजार ४ सय ६० कारोबारबाट २३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ पुगेको छ ।