Dhulikhel Eco Banner new

दिवंगत आरोही तथा बाढीपहिरोका मृतकको सम्झनामा बौद्धनाथमा प्रार्थना सभा

533
shares

काठमाडौं, १६ कात्तिक। नेपाल पर्वतारोहण संघले दिवंगत आरोही तथा बाढीपहिरोमा परी ज्यान गुमाएका नेपालीहरूको आत्माको चिरशान्तिको कामनाको लागि प्रार्थना सभा आयोजना गरिएको छ ।

आइतबार काठमाडौंको बौद्धनाथ स्तूपमा उनीहरुको आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना सभा आयोजना गरिएको हो ।

प्रार्थना सभामा संघका अध्यक्ष फुर्बा ग्याल्जेन शेर्पाले तीन महिनाअघि पाकिस्तानको ब्रोड पिकमा ज्यान गुमाएका निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० जना प्रख्यात आरोही, भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा हालै हिमलुङ हिमालमा हिमपहिरोमा परी मृत्यु भएका १६ जना नेपाली आरोहीको सम्झनामा कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने,‘तीन महिनाअघि ब्रोड पिकमा ज्यान गुमाएका १० जना प्रख्यात आरोही, भोटेकोशीको बाढीपहिरोमा परी ज्यान गुमाएका हजारौँ नेपाली दाजुभाइ तथा दिदीबहिनी र हिजो भर्खरै हिमलुङमा हिमपहिरोमा परी ज्यान गुमाएका १६ जना नेपाली आरोहीको आत्माको चिरशान्तिको कामना गर्दै आज यो पवित्र ठाउँमा प्रार्थना सभा आयोजना गरेका हौँ ।’

उनले भगवान् बुद्ध स्वर्गबाट फर्केर मानव कल्याण, सुख, शान्ति र सद्भावको सन्देश दिएको पवित्र दिनको अवसर पारेर दिवंगतहरूको आत्माको चिरशान्तिको कामना गर्न प्रार्थना सभा आयोजना गरिएको बताए ।

शेर्पाका अनुसार कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर, विभिन्न संघसंस्थाका प्रतिनिधि, विदेशी पर्वतारोही तथा अन्तर्राष्ट्रिय पर्वतारोहण संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

उनले विभिन्न देशका पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरूको सामूहिक उपस्थितिमा दिवंगत आरोहीहरूको सम्झना र श्रद्धाञ्जलीका लागि कार्यक्रम आयोजना गरिएको बताए ।