कोशी बाढी : २० हजार नागरिक प्रभावित, उद्धारमा ढीलाई
वि.सं.२०७९ साउन १८ बुधवार १३:४९
shares

काठमाडौं, १८ साउन । सप्तकोशी नदीले धार परिवर्तन गरेपछि उदयपुरको वेलका नगरपालिका र सुनसरीको बराह नगरपालिकाका २० हजार नागरिक प्रभावित भएका छन् । कोशी नदिको पानीको बहाव बढेको र बुधबार विहान देखिनै उदयपुर तर्फ नदिले घार परिर्वतर्न गरेका कारण २५०० घर परिवार प्रभावित भएको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए ।
मेयर कार्कीका अनुसार अहिले शसस्त्र र नेपाल प्रहरी स्थानीय जनप्रतिनिधीहरु उद्दारमा खटीएका छन् । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की समेत घटनस्थलमा पुगेर घटनाको जानकारी लिएको मेयर कार्कीले जानकारी दिए ।
उद्दारमा ढीलाई भएका कारण बाढी प्रभावितहरु आफै सुरक्षित स्थान तर्फ लागि रहेको छन् । कोशी नदिले प्रभावित तुल्याएको सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरु पनि अहिले घटनास्थलमै रहेका छन् ।
उदयपुर तर्फ वेलका नगरपालिका वडा नम्बर १, २, ८ र ९ तथा सुनसरीको बराह नगरपालिकाको वडा नम्बर ६ र ९ का स्थानीय प्रभावित रहेको मेयर कार्कीको भनाइ छ । प्लास्टीक बोट मार्फत मानिसहरुको उद्धार भइरहेको छ । श्रीलंका टापुमा रहेका केही व्यक्तिहरुलाई भने उनीहरुले आफ्ना पशु चौपायहरु र अन्न पात समेत लिनका लाग भनेकाले केही समस्या भएको मेयर कार्कीले जानकारी दिए ।
















