चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद
वि.सं.२०७९ जेठ ३० सोमवार १६:०७
shares

काठडमाडौं, ३० जेठ । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । सजिलो र छिटोका लागि चाउचाउ धेरैको लागि प्रिय बन्न सक्छ । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धविच्छेदका लागि अघि बढेका छन् ।
दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् । श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन् । श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पती अलग भएका थिए ।
पछिल्लो समयमा अस्वभाविक कारण जस्तैः तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् । भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।















