Dhulikhel Eco Banner new

युवा उद्यमी ढकाल अब राजनीतिमा, रास्वपाबाट सांसद बन्ने पक्का !

12.18K
shares

काठमाडौं, १५ पुस । युवा उद्यमी सचिन ढकाल अब राजनीतिमा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई आगामी प्रतिनिधि सभा निर्वाचनको समानुपातिक बन्द सूचीमा प्राथमिकताका आधारमा समावेश गरेको छ ।

रास्वपा पछिल्लो समय लोकप्रिय बन्दै गएको पार्टी हो । रास्वपाले खसआर्य तर्फ शीर्ष ५ नम्बरमा सचिनलाई राखेकाले उनको सांसद बन्ने सम्भावना समेत देखिएको छ । चर्चित व्यवसायी चन्द्र ढकालका छोरा समेत रहेका सचिनले बुवाको उद्यमव्यवसायमा सहयोग गर्दै आएका थिए । उनी आफैले हप्टिालिटी लगायतको क्षेत्रमा लिड समेत गरेका व्यवसायहरु सञ्चालनमा छन् ।

सचिन ढकालको समावेशीकरणले पार्टीको रणनीति अनुसार उद्योग र व्यवसाय क्षेत्रका युवा र स्थापित व्यक्तिहरूलाई राजनीतिमा ल्याउने प्रयास देखाउँछ । उनी आगामी निर्वाचनमा समानुपातिक सांसद बन्ने लगभग पक्का जस्तै मानिन्छ ।