Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा अर्याल नियुक्त

6.67K
shares

काठमाडौं, १६ पुस । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएका छन्। यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।