सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकममा गिरावट
वि.सं.२०८२ पुस २४ बिहीवार १५:१०
shares

काठमाडौं, २४ पुस । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.५९ अंकले बढेर २६४० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९० करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सान्वी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८. १६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सुपर माडी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतका दरले गुमाएका छन् ।



















