शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ पुस ३० बुधवार १५:४०
shares

काठमाडौं, ३० पुस । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.५२ अंकले बढेर २६४१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब २० करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा ९ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१ लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले २.७२ प्रतिशतका दरले गुमाएका छन् भने मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी १२५ आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले २.५२ प्रतिशतका दरले गुमाएका छन् भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले २.३८ प्रतिशतका दरले गुमाएका छन् ।


















