Dhulikhel Eco Banner new

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो

2.57K
shares

काठमाडौं, ११ फागुन । सोमवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार २.४१ अंकले बढेर २,६१६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १३ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी एनआइबिएल समृद्धि फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतका दरले गुमाएका छन् ।