Dhulikhel Eco Banner new

विष्णु पौडेलको पराजयमा खुसी छन् साना उद्योगी-व्यवसायी

5.17K
shares

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले कुनै बेलाका शक्तिशाली अर्थमन्त्री रहेका विष्णु पौडेलको चुनावी अवस्थाबारे चासो राखेका छन् । मतपरिणाम घोणा हुनु पूर्व नै उनले रुपन्देहीतिरका हेवीवेट उम्मेदवार कता छन् भनेर सांकेतिक रुपमा खोजी गरेका थिए । उनले सामाजिक सञ्जालमा पनि यसबारे केही लेखे ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्व अर्थमन्त्री पौडेलले लज्जास्पद पराजय बेहोरेका छन् । यो नतिजाले साना उद्योगी व्यवसायीहरु खुसी भएको संस्थापक अध्यक्ष नरेश कटुवालले बताए । कटुवालको यो व्यक्तिगत धारणा हो । संस्थाले भने पछिल्लो परिणाम बारे कुनै टिप्पणी गरेको छैन ।

‘खासमा कसैको पराजयमा खुसी हुने कुरा त होइन, तर उहाँको हकमा मेरो व्यक्तिगत भन्दा पनि समग्र उद्योगी व्यवसायीको लागि खुसीको कुरा हो’ उनले भने, ‘यद्यपि, यो महासंघको धारणा होइन, यो केवल मेरो व्यक्तिगत धारणा हो ।’

अर्थमन्त्री छदा ठूला उद्योगी, व्यवसायीहरुलाई विशेष प्राथमिकता दिने र साना तथा मझौला उद्योगी व्यवसायीको कुरै नसुन्ने गरेको कटुवालले बताए ।

बजेटमा सुझाव दिन जादा ठूला व्यवसायीहरुलाई सत्कार गर्ने र साना तथा मझौला उद्योगी व्यवसायीको कुरै नसुन्ने, बोरु उल्टै हप्काउने गरेका थिए । यसले आफूहरु असन्तुष्ट रहेको उनले बताए । पछिल्लो नजिताले एक किसिमको राहत मिलेको भन्दै उनले नयाँ स्थिर सरकारका लागि शुभकामना समेत दिएका छन् ।