Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

832
shares

काठमाडौं, ५ साउन । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ६७ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा नबिल डिबेन्चर २०८९का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.४४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एनआईबिएल ग्रोथ फन्डका लगानीकर्ताले ७.३० प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ६.५४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले गुमाएका छन् भने चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले गुमाएका छन् ।