Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

845
shares

काठमाडौं, ५ साउन । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.२५ अंकले बढेर २७२६.४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ६७ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि नबिल डिबेन्चर २०८९का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.४४ प्रतिशतका दरले गुमाएका छन् ।