राप्ती हाइड्रोको आईपीओ बाँडफाँट
वि.सं.२०७९ असार १७ शुक्रवार १०:०१
7.7K
shares
shares

काठमाडौं, १७ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओ असार १६ गते बिहीवार बाँडफाँट गरेको छ ।
कम्पनीले जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेकोेमा ५ लाख ७५ हजार १७० कित्ता शेयर स्थानीयमा बाँडफाँट गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
स्थानीयमा बिक्री नभएको शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।















