चार लघु बीमा कम्पनीद्धारा फागुनसम्म ८२ करोड बीमाशुल्क आर्जन
वि.सं.२०८२ चैत १० मंगलवार १४:१२
shares

काठमाडौं, १० चैत । चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म चार लघु निर्जीवन बीमा कम्पनीहरूले कुल ८२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ करोड ८० लाख रुपैयाँ संकलन गरी शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड रहेर २१ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
त्यसैगरी ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ करोड ८६ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
बीमालेख जारीको विवरणअनुसार, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८७ हजार ५१७, नेपाल माइक्रो इन्स्योरेन्सले ७७ हजार ९२१, ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६० हजार ४३ र स्टार माइक्रो इन्स्योरेन्सले ८० हजार ४५० वटा बीमालेख वितरण गरेको तथ्यांकले देखाएको छ।
बीमा क्षेत्रका विश्लेषकहरूले लघु बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन र बीमालेख वितरण दुवैमा बढ्दो प्रवृत्ति देखिएको र यसले वित्तीय पहुँच र सामाजिक सुरक्षा क्षेत्रमा सकारात्मक असर पर्ने विश्वास व्यक्त गरेका छन्।
















