Dhulikhel Eco Banner new

धौलागिरीबाट बाहिरिए सीईओ शिवराम जोशी

4.41K
shares

बागलुङ — धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) शिवराम जोशी पदबाट बाहिरिएका छन्।

संस्थाको सञ्चालक समितिको २०८२ चैत ११ गते बसेको ४६औं बैठकले जोशीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। उनले चैत ९ गते नै पदबाट राजीनामा दिएका थिए।

संस्थाद्वारा नेपाल राष्ट्र बैंकलाई पठाइएको जानकारीअनुसार जोशीको राजीनामा चैत ११ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको हो।

नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा भने हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।