इङ्वा हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै
वि.सं.२०७९ असार १७ शुक्रवार १५:१२
5.64K
shares
shares

काठमाडौं, १७ असार । इङ्वा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकि दरका दरले १८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
आइपीओको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ विक्री गर्नेछ ।















