युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, भोलिदेखि बुकक्लोज
वि.सं.२०८३ वैशाख ३ बिहीवार ०७:५६
shares

काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (बैशाख ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैशाख ४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
बुकक्लोजअघि कायम भएका शेयरधनीहरूले कम्पनीको वार्षिक साधारण सभामा सहभागिता जनाउने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार राख्नेछन् । त्यसपछि खरिद गरिएका शेयरहरूबाट भने यसपटकको लाभांशमा सहभागिता पाइने छैन ।
कम्पनीले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा बैशाख २७ गते आइतबार काठमाडौँको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा आयोजना गर्ने जनाएको छ । सभा बिहान ११ बजे सुरु हुने तय गरिएको छ ।
सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर वितरण गर्ने र त्यसको कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, कम्पनीलाई दीर्घकालीन रूपमा विस्तार गर्ने उद्देश्यसहित होल्डिङ कम्पनीको रूपमा रूपान्तरण गर्ने योजना पनि सभामा प्रस्तुत गरिनेछ ।


















