Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

923
shares

काठमाडौं, ८ वैशाख । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य १ हजार ६ सयले बढेको हो ।

महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ९९ हजार ७ सयमा कारोबार भएको सुन मंगलवार बढेर प्रतितोला ३ लाख १ हजार ३ सयमा कायम भएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ५ हजार १ सय ९० रुपैयाँ कारोबार भएको चाँदी मंगलवार ५ हजार १ सय ६० रुपैयाँमा कायम भएको हो ।