Dhulikhel Eco Banner new

ग्लोबल आईएमई बैंकको एटिएम तोडफोड गर्ने सविन नेपाली पक्राउ

1.27K
shares

काठमाडौं, ११ वैशाख । काठमाडौंको गोङ्गबु चोकमा रहेको ग्लोबल आईएमई बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ क्यानखोलाका २१ वर्षीय सविन नेपाली रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, उनले वैशाख १० गते गोङ्गबु चाके क्षेत्रमा रहेको एटीएम मेसिन तोडफोड गरेका थिए। साथै, त्यसअघिको दिन वैशाख ९ गते न्यूरोडस्थित रामघाट गल्लीमा एक व्यक्तिमाथि कुटपिट गरी लुटपाट गरेको घटनामा पनि उनको संलग्नता रहेको आरोप छ।

अनुसन्धानका क्रममा नेपाली यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ। साइबर अपराधसम्बन्धी कसुरमा उनी दुई महिना बाल सुधार गृह बसेको पाइएको प्रहरीले जनाएको छ।

यस्तै, चोरीको आरोपमा गत साउन २२ गते पक्राउ परेका उनी अनुसन्धानकै क्रममा ‘जेनजी आन्दोलन’ का बेला प्रहरी हिरासतबाट फरार भएको तथ्य पनि खुलेको छ।