Dhulikhel Eco Banner new

नेप्सेले सीडीएससीकी सीईओ प्रविन प्रन्दाकलाई पदबाट हटाएर फिर्ता बोलायो

1.2K
shares

काठमाडौं, ११ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत प्रविन प्रन्दाकलाई पदबाट हटाउँदै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको छ।

नेप्सेको आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रन्दाकलाई सीडीएससीको सीईओ पदबाट हटाउने निर्णय गरेको हो।

उनी २०८१ साल पुस १४ गते चार वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त भएकी थिइन्।

नियुक्ति भएदेखि नै उनको नियुक्ति तथा कार्यशैलीलाई लिएर विवाद उठ्दै आएको थियो। उनलाई संस्थागत सुशासनको सिद्धान्त विपरीत नियुक्त गरिएको भन्दै विभिन्न पक्षबाट आलोचना हुँदै आएको थियो।

नेप्सेको निर्णयपछि उनलाई पुनः नेप्सेमै फिर्ता बोलाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।