Dhulikhel Eco Banner new

मेन्छियाम हाइड्रोपावरको लकइन अवधि सकियो

897
shares

काठमाडौं, १३ वैशाख । मेन्छियाम हाइड्रोपावर लिमिटेडको लकइन अवधि समाप्त भएको छ संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयरको लकइन अवधि समाप्त भएको छ र यी शेयर भोलिदेखि कारोबार खुल्ने भएका छन्।

कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरूको ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फको ३ हजार २४० कित्ता शेयरको लइकन अवधि वैशाख १२ गते समाप्त भएको हो।

उक्त शेयरको तीन वर्षदेखि लागेको लकइन अवधि समाप्त भएसँगै भोलि सोमबारदेखि कारोबार खुल्ने भएको छ। यद्यपि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको भने नियमानुसार शेयर रोक्का रहनेछ।