Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकद्वारा कैलालीको विद्यालयमा खानेपानी ट्यांकी तथा पम्प सहयोग

923
shares

काठमाडौं, १७ वैशाख । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरेको छ।

एक कार्यक्रमका बीच बैंकका सर्कल हेड (धनगढी) दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यस सहयोगमार्फत विद्यालयमा खानेपानी व्यवस्थापन सहज हुनुका साथै दीर्घकालीन रूपमा विद्यार्थीहरूको दैनिक जीवनमा समेत सुधार आउने विश्वास लिइएको छ।