सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख २२ मंगलवार १५:१४
shares

काठमाडौं, २२ वैशाख । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.७८ अंकले बढेर २,७१२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ४३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.१६ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सोलु हाइड्रोपावरका लगानीकर्ताले ७.५६ प्रतिशतका दरले कमाएका छन् भने धौलागिरी लघुवित्तका लगानीकर्ताले ७.०४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी झापा इनर्जीका लगानीकर्ताले ४.८० प्रतिशतका दरले कमाएका छन् भने एनआइसी एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् ।
















