शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख २२ मंगलवार १५:२०
shares

काठमाडौं, २२ वैशाख । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.७८ अंकले बढेर २,७१२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १६ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ४३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ३.१३ प्रतिशतका दरले गुमाएका छन् भने रावा इनर्जीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले २.८२ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी म्युचुअल फन्डका लगानीकर्ताले २.७० प्रतिशतका दरले गुमाएका छन् ।
















