शेयर बजारमा ३ अर्ब ४३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ वैशाख २२ मंगलवार १५:२५
975
shares
shares

काठमाडौं, २२ वैशाख । शेयर बजारमा ३ अर्ब ४३ करोडको कारोबार हुँदा सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २३ करोड ५७ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको ११ करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी आँखुखोला जलविद्युतको ८ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ भने पाल्पा सिमेन्टको ७ करोड ७३ लाख रुपैयाँ कारोबार भएको छ ।
















