Dhulikhel Eco Banner new

पुराना र कुच्चिएका जारमा पानी बेच्नेलाई कडा कारबाही गर्ने चेतावनी

1.07K
shares

काठमाडौं, २३ वैशाख । बजारमा पुराना, कुच्चिएका, टालिएका तथा अपारदर्शी जारमा प्रशोधित पिउने पानी बिक्री भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ।

विशेषगरी गर्मी र वर्षायाममा पानीजन्य रोग फैलने जोखिम उच्च रहने भएकाले विभागले पिउने पानीको स्वच्छता र गुणस्तरमा कडाइ गर्न लागेको जनाएको छ। विभागका अनुसार मापदण्डविपरीतका जार प्रयोग गर्दा पानीको गुणस्तर कायम रहँदैन र यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

यस्ता जारहरू सफा गर्न कठिन हुने हुँदा पानी दूषित हुने सम्भावना बढ्ने विभागको भनाइ छ। त्यसैले पानी उत्पादक, ढुवानीकर्ता तथा विक्रेतालाई प्रशोधित पिउने पानी उत्पादन तथा वितरण गर्दा तोकिएको गुणस्तर मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिइएको छ।

विभागले पुराना, कुच्चिएका, टालिएका, चुहिएका वा भित्रको पानी स्पष्ट नदेखिने ९अपारदर्शी० जारहरू तत्काल हटाउन पनि आग्रह गरेको छ।

निर्देशनको उल्लंघन गरी असुरक्षित रूपमा पानी उत्पादन वा बिक्री गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कडा कानुनी कारबाही गरिने विभागले स्पष्ट पारेको छ।