सामसङ ग्यालेक्सी एस २६ प्लसमा २३ हजार रुपैयाँ क्यासब्याक अफर
वि.सं.२०८३ जेठ ५ मंगलवार १२:००
shares

काठमाडौं, ५ जेठ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लस स्मार्टफोनमा सीमित अवधिका लागि विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकहरूले ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा २३ हजार रुपैयाँसम्मको तत्काल नगद फिर्ता सुविधा पाउनेछन्। यससँगै मोबाइलको मूल्य १ लाख ८२ हजार ९९९ रुपैयाँबाट घटेर १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम हुनेछ।
सामसङका अनुसार ग्यालेक्सी एस २६ प्लस उच्चस्तरीय डिजाइन, उत्कृष्ट कार्यक्षमता र आकर्षक प्रयोग अनुभव खोज्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको मोडेल हो। कम्पनीले यसले कार्यसम्पादन, सहज प्रयोग र नवीन प्रविधिको सन्तुलित अनुभव दिने जनाएको छ। यो योजना मे १९ देखि जुन ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ।
मोबाइल खरिदलाई थप सहज बनाउन सामसङ नेपालले इस्टा फाइनान्समार्फत २४ महिनासम्मको किस्ता सुविधा पनि उपलब्ध गराएको छ। यसअन्तर्गत ग्राहकहरूले मासिक ४ हजार ३४१ रुपैयाँदेखि किस्ता तिर्न सक्नेछन्। किस्ता सुविधाका लागि नागरिकता प्रमाणपत्रका आधारमा प्रमाणीकरण गर्न सकिने बताइएको छ।
















