टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँडको मिति तय
वि.सं.२०८३ जेठ ५ मंगलवार १२:२९
shares

काठमाडौं, ५ जेठ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जेठ ६ गते बुधबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ वनाले १०.१० कित्ताका दरले शेयर हात पार्नेछन् । जसमध्य ५ जनाले भने ११ कित्ता शेयर पाउने छन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
















