२२ वर्षपछि आर्सनल बन्यो प्रिमियर लिग च्याम्पियन
वि.सं.२०८३ जेठ ६ बुधवार ०७:१८
shares

इंग्लिस क्लब आर्सनलले २२ वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार म्यानचेस्टर सिटीले एएफसी बोर्नमाउथसँग १–१ को बराबरी खेलेपछि आर्सनल औपचारिक रूपमा च्याम्पियन बनेको हो ।
उपाधि दौड अन्तिम खेलसम्म लैजान सिटीलाई जित आवश्यक थियो । तर पहिलो हाफमा बोर्नमाउथका जुनियर क्रुपीले गोल गर्दै सिटीलाई दबाबमा पारेका थिए । अतिरिक्त समयमा अर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि सिटीले जित निकाल्न सकेन ।
प्रशिक्षक मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलले सन् २००३–०४ पछि पहिलोपटक लिग उपाधि जितेको हो । त्यसबेला आर्सेन वेङ्गरको नेतृत्वमा आर्सनल अपराजित रहँदै च्याम्पियन बनेको थियो ।
















