Dhulikhel Eco Banner new

हिमालयन पावर पार्टनरको हकप्रद बाँडफाँट टुङ्गो, आजदेखि रकम फिर्ता

6.38K
shares

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर बाँडफाँटको काम टुङ्ग्याएको छ । चैत ९, २०८२ गतेसम्म शेयरधनी कायम रहेकाहरूका लागि एक शेयरको अनुपातमा आधा शेयर अर्थात् १ः०.५ को दरले जम्मा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्कासन गरिएको थियो ।

आवेदन दिने शेयरधनीको संख्या ४६ हजार ७६९ पुगेकोमा बाँडफाँट कमिटिले वैशाख १८ गते ४८ लाख ५८ हजार ३४५ कित्ता शेयर बाँडफाँट गरी सञ्चालक समितिमा सिफारिस गरेको थियो । सञ्चालक समितिले भोलिपल्ट वैशाख १९ गते उक्त बाँडफाँटलाई औपचारिक स्वीकृति दिएको कम्पनीले जनाएको छ ।

हकभन्दा बढी शेयरका लागि दरखास्त दिएका तर बाँडफाँटबाट बञ्चित भएका आवेदकहरूको रकम फिर्ता गर्ने प्रक्रिया आजदेखि सुरु भएको छ । जेठ २१ गते बिहीबारदेखि सम्बन्धित आवेदकहरूको बैंक खातामा आइपिएस मार्फत रकम पठाउन थालिएकोले आफ्नो खाता जाँच गर्न कम्पनीले आग्रह गरेको छ ।

उक्त हकप्रद शेयर निष्कासनमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका निभाएको थियो ।