Dhulikhel Eco Banner new

शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.91K
shares

काठमाडौं, २० जेठ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.६६ अंकले बढेर २७८० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा नेपाल रिलाएन्स कम्पनिका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि १०.२५ प्रतिशत एनबिएल डिभेन्चरका लगानीकर्ताले ३.५६ प्रतिशतका दरले गुमाएका छन् भने केन्द्रीय वित्त कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि हिमालयन पुनर्बीमा लिमिटेडका लगानीकर्ताले ३.३९ प्रतिशतका दरले गुमाएका छन् भने त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ३.३९ प्रतिशतका दरले गुमाएका छन् ।