Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

442
shares

काठमाडौं, २५ जेठ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.२७ अंकले घटेर २७३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन चार अर्ब ८ करोड ४९ लाख कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७ं.१४ प्रतिशतका दरले गुमाएका छन् ।