सीसीटीभी फुटेज डिलिट भएको चिठी लेख्न लगाएर अर्थसचिव बिदामा
वि.सं.२०७९ असार २२ बुधवार १२:०८
shares

काठमाडौं, २२ असार । अर्थमन्त्रालयका सीसीटीभि फुटेज डिलिट भएको चिठ्ठी पठाएको विषयमा अर्थसचिवको बदमासि देखिएको छ । अर्थसचिव मधुकुमार मरासिनीले फुटेज डिलिट भएको छिठ्ठी लेखेर बिदामा बसेको पाइएको हो ।
संसदमा समेत यस विषयमा कुरा उठेपछि अर्थमन्त्रालयले चिठ्ठी लेखेको थियो । तर चिठ्ठी लेख्न लगाउने अर्थसचिव विवादमा पर्ने भए पछि अहिले बिदामा छन् भने राजश्व सचिव कृष्णहरी पुष्कर युरोप भ्रमणमा निस्केका छन् । अर्थसचिव मरासिनीले श्रीमती बिरामी भएको भनेर आकस्मिक बिदा लिएका छन् । राजस्व सचिव मन्त्रालयका प्रतिनिधित्व गर्दै युरोप पुगेका हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सीसीटीभी फुटेज हेर्न पाउनु पर्ने आवाज उठेपछि मन्त्रालयले १३ दिनेसम्मको मात्रै फुटेज स्टोरेज हुने जबाफ पठाएको थियो । जुन आफैमा शंकास्पद देखिएको छ ।
स्वार्थ समूहको चंगोलमा परी अर्थसचिव मरासिनी मन्त्रालयकै बद्नाम गराउन हात धोएर लागि परेको देखिन्छ । संसदमा अर्थमन्त्रीमाथि यस विषयमा कुरा उठाइएको छ । तर बदमासी कर्मचारका तर्फबाट भएको देखिन्छ । मन्त्रालयको नेतृत्व कर्ता भएका कारण मन्त्रीले पनि जबाफ दिनु पर्ने त होला तर सबै कर्मचारीले गरेका गल्तीको जबाफ मन्त्रीले दिन सक्छन् होला र ?
कर्मचारीको बदमासिले अर्थमन्त्री जनार्दन शर्मालाई निकै समस्या परेको देखिएको छ । सीसीटिभी फुटेज डिलिट भएको विषयमा अर्थसचिव मधुकुमार मरासिनीको बदमासी देखिएको अर्थमन्त्राल एक अधिकारी बताए ।
फुटेज डिलिट भएको भनेर अर्थ सचिव मधुकुमार मरासिनी आफैले चिठी लेख्न लगाएका थिए । आफू विवादमा पर्ने भएपछि अर्थ सचिव अहिले बिदामा बसेका छन् । ‘फुटेज डिलिट पनि सचिवले नै गर्नु भएको हुनसक्छ’ मन्त्रालयका अधिकारीले भने,’ आफ्नो गल्ती लुकाउन सचिव बिदामा बस्नु भएको छ ।’


















