Dhulikhel Eco Banner new

आगामी आइतबार सार्वजनिक बिदा

4.3K
shares

काठमाडौं, २२ असार । सरकारले आगामी आइतवार असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको बताएको छ ।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो । मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ ।