Dhulikhel Eco Banner new

कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउँछु : महानिर्देशक अधिकारी

4.77K
shares

काठमाडौं, २२ असार । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीका विषयमा निगरानी बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले अधिकारीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा महानिर्देश अधिकारीले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्तबनाउँ प्रतिवद्धता व्यक्त गरेका हुन् ।

राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, टे«डिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उनले उद्योगको हकमा राजश्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको बताए ।

बजारमा एकाधिकार रहेकाले बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरू पलायन हुने खतरा बढेको उनको भनाइ छ । महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैधरूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको समेत बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मानमर्दन नगर्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको भन्दै उनले व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी नहुने र सफाइको मौका दिनु पर्ने बताए ।