दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार १० बुधवार १५:१८
shares

काठमाडौं, १० असार । बुधवार शेयर बजार दोहारो अंकले घटेको छ । शेयर बजार १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि हिमालयन ८०-२०का लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् भने भगवती जलविद्युत विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.३६ प्रतिशतका दरले गुमाएका छन् भने कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.२४ प्रतिशतका दरले गुमाएका छन् ।


















